विदेश

मालीमा दुई समूहबीच भएको झडपमा कम्तिमा ४० जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ७ गते ७:३४
मालीमा दुई समूहबीच भएको झडपमा कम्तिमा ४० जनाको मृत्यु

७ वैशाख २०७८ माली । मालीमा दुई पक्षबीच झडप हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ।

जिहादी समूह र परम्परागत शिकारीहरूबीच भएको झडपमा दुबै पक्षका गरी ४० जनाको मृत्यु भएको हो ।

देशको मध्यभागमा पर्ने मोप्ती क्षेत्रमा झडप भएको सरकारी अधिकारीले जनाएका छन्। त्यस्तै झडपकै कारण झण्डै एक हजार स्थानीय विस्थापित भएका छन् ।

दुई पक्षका एक(एक जनाबाट शुरु भएको विवाद बढ्दै गएर हिंसात्मक रूप लिएपछि झण्डै ४० जनाको मृत्यु भएको अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *