विदेश

कोरोनाविरुद्धको खोपको पहिलो डोज जोखिम कम गर्न ८० प्रतिशत प्रभावकारी

हिमालय टिभी
२०७७ फागुन १८ गते ८:१४
कोरोनाविरुद्धको खोपको पहिलो डोज जोखिम कम गर्न ८० प्रतिशत प्रभावकारी

१८ फागुन २०७७ काठमाडौं । कोरोनाको खोपको पहिलो डोजले गम्भीर बिरामीको जोखिमलाई ८० प्रतिशत कम गरेको पाइएको छ ।

बेलायतमा प्रयोग भइरहेका अक्सफोर्ड–एष्ट्राजेनिका वा फाइजर–बायोएनटेकको पहिलो डोजले संक्रमणका कारण अस्पताल पुग्नुपर्ने अवस्थालाई ८० प्रतिशतभन्दा बढीले घटाएको अध्ययनले देखाएको हो ।

खोप लगाएपछि र लगाउनु अघि गरिएको अध्ययनमा खोप लगाएका मानिसमा संक्रमण भएपनि गम्भिर अवस्थामा पुग्ने वा अस्पताल नै जानुपर्ने अवस्थालाई ८० प्रतिशत घटाएको पाइएको हो ।

खोप लगाएको तीनदेखि चार हप्तापछि संक्रमण वा जटिल बिरामी हुने जोखिम कम देखिएको पब्लिक हेल्थ इंग्ल्याण्डको तथ्यांक उल्लेख गरिएको छ ।

त्यहाँ खोपको पहिलो डोज दिइएका ८० वर्ष भन्दा माथिका मानिसमा अध्ययन गरिएको थियो । सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि खोपको दुबै डोज लगाउनु पर्नेमा जोड दिएका छन् ।

यससँगै दुबै खोपको पहिलो डोजले नै ८० प्रतिशत जोखिम घटाएको र दोस्रो डोजपछि जोखिम अझै घट्ने देखिएको छ । बेलायतमा दुई करोडभन्दा धेरै मानिसले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *