विदेश

म्यानमारका सैन्य कुविरुद्ध भएको प्रदर्शनमा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ फागुन ९ गते ९:२९
म्यानमारका सैन्य कुविरुद्ध भएको प्रदर्शनमा दुई जनाको मृत्यु

९ फागुन २०७७ म्यानमार । म्यानमारमा सैन्य कुविरुद्ध भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ ।

हिजो भएको नागरिक प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट थप दुई जनाको मृत्यु भएको हो । त्यहाँको संकट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरे ।

आक्रोशित प्रदर्शनकारीको भीड नियन्त्रण का लागि गोली चलाउनु परेको र ३० जना घाइते भएको सुरक्षा अधिकारीको भनाइ छ । घाइतेमध्ये अधिकांश मानिसलाई सुरक्षाकर्मीले सिधै गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको जनाइएको छ ।

यसअघि गएको शुक्रबार प्रदर्शनमा सहभागी एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

म्यानमारमा सैनिक कू विरुद्ध लगातार प्रदर्शन बढिरहेको छ । कूविरुद्ध सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुले लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *