विदेश

दक्षिण कोरियामा पाल्तु कुकुर र विरालोमा पनि कोरोना परीक्षण गरिने

हिमालय टिभी
२०७७ माघ २७ गते १६:४४
दक्षिण कोरियामा पाल्तु कुकुर र विरालोमा पनि कोरोना परीक्षण गरिने

२७ माघ २०७७ सिउल । दक्षिण कोरियामा पाल्तु कुकुर र विरालोमा पनि कोरोना परीक्षण गरिने भएको छ ।

राजधानी सिउलमा पाल्तु कुकुर र विरालोमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्न लागिएको सिउलको स्थानीय प्रशासनले जनाएको छ ।

दक्षिण कोरियामा केही हप्ताअघि जनावरमा पहिलोपटक एउटा विरालोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यद्यपि ज्वरो आएको र स्वास प्रस्वासमा समस्या आएका कुकुर र विरालोमा मात्र कोरोना परीक्षण गर्न लागिएको हो । परीक्षणमा जनावरमा कोरोना पुष्टि भए त्यसलाई घरमै क्वारन्टिनमा राखिने प्रशासनले जनाएको छ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार महामारी रोकथामसँग सम्बन्धित अधिकारी पार्क यु मीले पाल्तु जनावरलाई आइसोलेसन राख्नु आवश्यक छैन । किनभने कोभिड–१९ पाल्तु जनावरबाट मानिसमा संक्रमण हुने अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *