विश्वमा एकैदिन ४ लाख ९० हजार बढीमा कोरोना संक्रमण

८ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो समय विश्वमा हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा विश्वभर हालसम्मकै बढी झण्डै ४ लाख ९० हजार कोरोनाका संक्रमित थपिएका हुन् ।
यसअघि अक्टोबर २२ तारिखमा एकैदिन ४ लाख ७९ हजार भन्दा बढी संक्रमित भएका थिए । सबैभन्दा बढी अमेरिकामा ८१ हजार भन्दा बढी संक्रमित थपिए । त्यस्तै भारतमा ५४ हजार तथा ब्राजिलमा २३ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ ।
अमेरिकामा संक्रमित संख्या झण्डै ८८ लाख नजिक पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमित हुने ७८ लाख तथा ब्राजिलमा ५३ लाख नाघेका छन् ।
पछिल्लो समय विश्वभर नै कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको छ ।
यस्तै शुक्रबार विश्वमा ६ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा सबैभन्दा बढी ९ सय ३९, भारतमा ६ सय ५६ तथा ब्राजिलमा ५ सय ६६ जनाले ज्यान गुमाए ।
प्रतिक्रिया