विदेश

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्प र बाइडेनबीच आज अन्तिम बहस

हिमालय टिभी
२०७७ कार्तिक ७ गते ८:१७
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्प र बाइडेनबीच आज अन्तिम बहस

७ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकाको राष्ट्रपतीय निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच आज अन्तिम टेलिभिजन बहस हुने भएको छ।

निर्वाचनको दुई साताअघि आज ट्रम्प र बाइडेनले अन्तिम टेलिभिजन बहसमा प्रत्यक्ष सहभागी जनाउन लागेका हुन् । करीब डेढ घण्टा लामो बहस एनबीसी टेलिभिजनकी क्रिस्टेन वेलकरले सञ्चालन गर्नेछिन्।

बहस टेनिसी राज्यको नासभिलस्थित बेलमोन्ट विश्वविद्यालयमा हुन लागेको हो। अघिल्लो बसहमा ट्रम्पले बारम्बार बाइडेनको बोल्ने पालो मिचेपछि यसपटक त्यसलाई रोक्न बोल्ने पालो सकिएपछि उम्मेदवारको माइक्रोफोन बन्द गर्ने बताइएको छ।

अमेरिकामा निर्वाचनअघिको अन्तिम बहसले चुनावी नतिजालाई बढी प्रभावित पार्ने गरेको छ ।

आगामी नोभेम्बर ३ तारिखमा हुने निर्वाचन अघि नै करिब ४ करोड मतदाताले मतदान गरिसकेका छन्। पछिल्लो सर्वेक्षणहरुमा ट्रम्पभन्दा बाइडेन निकै अगाडि देखिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *