डोल्पामा सुरुङ खनेर भागे ८ कैदी
काठमाडौं : डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठै जना कैदीको प्रहरीले पहिचान सार्वजनिक गरेको छ।
गएराति कारागारभित्र ४ दशमलव ६३ मिटर लामो सुरुङ खनेर उनीहरू फरार भएका हुन् । प्रहरीका अनुसार फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी र तीन जना चोरी मुद्दाका अभियुक्त रहेका छन् । उनीहरू कारागारबाट सुरुङ खनेर भागेपछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ ।
कारागारबाट एकैपटक आठ जना कैदी फरार भएपछि प्रहरीले सम्भावित स्थानहरूमा खोजी तथा निगरानी बढाएको जनाएको छ । फरार कैदीलाई चाँडो नियन्त्रणमा लिन आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनापछि कारागारको सुरक्षा व्यवस्थाबारे थप चासो बढेको छ ।

प्रतिक्रिया