खेलकूद

क्यानडामाथि नेपालको २४ रनको जित

हिमालय टिभी
२०८३ असोज २५ गते २०:१२
क्यानडामाथि नेपालको २४ रनको जित

काठमाडौं : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा क्यानडाविरुद्ध २४ रनको जितेको छ । जितसँगै नेपालले अंक तालिकामा ३३ खेलबाट २६ अंक बनाएको छ ।

क्यानडासामू २ सय ३६ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा रोहित पौडेलले शतक प्रहार गरे । मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।

जवाफमा क्यानडा २ सय ११ रनमा नै अलआउट भयो । नेपालको सुरुआत भने बिर्सनलायक रह्यो । नेपालले ओपनर आसिफ शेखलाई ४ रनमै गुमाउँदा दोस्रो विकेटका लागि ईशान पाण्डे शून्यमा आउट भए । अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २३ रनको ईनिङ्ग्स खेले पनि थप रन जोड्न सकेनन् । त्यसपछि भने नेपालले कमब्याक गरेको थियो । अर्को एन्डमा गुल्सनको साथ पाएका रोहितले एक दिवसीय क्रिकेटमा तेस्रो शतक प्रहार गरेका छन् । उनले १ सय २५ बलमा खेलेर शतक बनाएका हुन् ।

खेलमा उनले कुल १ सय २७ बल खेलेर १ सय १ रनमा आउट भए । गुल्सन झा ४८ बलमा क्याचआउट भएका छन् । बसिरको नाममा ३० रन रह्यो । क्यानडाका लागि अखिल कुमार र सुखजिन्दर सिंहले समान ३/३ विकेट लिएका थिए । यद्यपि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो ।

जवाफमा क्यानडाका ओपनर युवराज शर्मा एक रनमा नै आउट भए पनि आरोन जोनसन र समित गोहेलले ६३ रनको साझेदारी गरेका थिए । कप्तान सन्दीप लामिछानेले आदित्य वरादराजनलाई शून्यमा आउट गराएर नेपाललाई कमब्याक गराएका थिए । त्यसपछि श्रेयस मोभ्वालेर् २६, हमजा तारिकले २६ र अखिल कुमारले अविजित ३० रन बनाए पनि नेपालको जित रोक्न सकेनन् ।

नेपालका लागि नन्दन यादव करण केसी ललित राजवंशी र सन्दीप लामिछानेले समान २२ विकेट लिएका थिए । लिग-२ मा क्यानडा २५ अंकसहित सातौँ स्थानमा छ । अब नेपाले अर्को खेलमा ओमानसँग मंगलबार खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *