नियन्त्रण र रिहाइको लुकाछिपी : किन तात्तियो पूर्वप्रधानन्यायाधी चोलेन्द्र प्रकरण ?

हिमालय टिभी
२०८३ असोज ११ गते १९:३८
नियन्त्रण र रिहाइको लुकाछिपी : किन तात्तियो पूर्वप्रधानन्यायाधी चोलेन्द्र प्रकरण ?

काठमाडौं :   प्रहरीले शनिबार मध्यराति नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज अपरान्ह परिवारको जिम्मा लगाइएको छ ।  निवासबाटै विशेष अदालतका हाई-प्रोफाइल मुद्दामा सोझो हस्तक्षेप, शक्ति केन्द्रहरूसँगको गुप्त उठबस र सरकार नै ढालिदिने रणनीतिक चालबाजीमा सक्रिय रहेको गुप्तचर निकायको दाबी छ ।

गएराति घरबाटै नियन्त्रणमा लिइएका जबरालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताउनुभयो ।

प्रहरीले भौतिक आक्रमणको सूचना आएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको दाबी गरेको थियो । एसएसपी खड्काले पूर्वप्रधानन्यायाधीश राणामाथि कुनै मुद्दा मामिलाको अनुसन्धान वा उजुरीका आधारमा नभइ नितान्त सुरक्षाका लागि ल्याइएको प्रष्टीकरण दिनुभएको थियो ।

अब जबरालाई प्रहरीले घरमै सुरक्षा दिने जनाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आफ्नो टोलीलाई भेट्न नदिने प्रहरीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रहरीले गएराति पूर्वप्रधानन्यायाधीश राणालाई निवासबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ गरी उहाँलाई टेकुस्थित प्रहरी परिसरमा राखेको थियो । आयोगको टोली आइतबार बिहान नै राणाको अवस्था बुझ्न टेकु पुगेको थियो । तर, प्रहरीले आयोगको टोलीलाई राणासँग भेट गर्न दिएको थिएन । त्यसपछि प्रहरीले राणालाई सुरक्षित स्थानमा पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्