आर्थिक

कमा १३ खर्ब थुप्रियो, कर्जा नजाँदा बैंकर्समा चिन्ता

२०८३ असोज ८ गते २०:१७
कमा १३ खर्ब थुप्रियो, कर्जा नजाँदा बैंकर्समा चिन्ता

काठमाडौं : पछिल्लो समय बैंकबाट ऋण प्रवाह नहुँदा बैंकर्सहरू चिन्तामा छन् । अर्थतन्त्र कहिले चलायमान होला र ऋण लिने बढ्लान् भन्ने प्रतीक्षामा बैंकर्स छन् । तर मुलुकमा विभिन्न समयमा भएका प्राकृतिक प्रकोप र त्यसपछिका पुनर्निर्माणले कर्जा लगानी बढाएको तथ्यांकले देखाउँछ । यो पटक के होला भन्ने चासो छ ।

विगत ३ वर्षदेखि बैंकहरूमा फालाफाल पैसा हुँदा पनि ऋण लगानी हुन सकेको छैन । न्यून ब्याजदर हुँदा समेत ऋण नलिएपछि बैंकहरूमा करिब १३ खर्ब लगानीयोग्य रकम थुप्रिएर बसेको छ । कर्जा विस्तार सुस्त हुँदा बैंकहरुको नाफा, खराब कर्जा र लगानीयोग्य रकम व्यवस्थापनको दबाव बढ्दै गएको छ। कर्जा विस्तारको सुस्तताको कारण मुलुकको अर्थतन्त्र शिथिल रहेको निश्कर्षसहित बैंकर्सहरू अर्थतन्त्र कहिले तंग्रिन्छ र कर्जा लगानी बढ्छ भन्ने प्रतीक्षामा छन् ।

पछिल्लो समय भदौ १० को भोटेकोशी बाढीले मुलुकको धेरै क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । यसको असरले अर्थतन्त्र अर्को संकटमा फस्ने हो की भन्ने चिन्ता बढाएको छ । तर सरकारले आर्थिक सुधार र अर्थतन्त्र चालयमान बनाउने कामलाई तीब्रता दिएकाले अब छिटै यो समस्याबाट मुक्ति मिल्नेमा आशावादी छन् ।

उसो त यसअघिको प्राकृतिक विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानको अभियानले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी समेत बढाउने गरेको थियो । यसअघि २०७२ को भूकम्पपछिको पुनर्निर्माणको समयमा समेत कर्जाको माग उच्च भएको थियो । भूकम्प लगत्तैको वर्ष कर्जा विस्तार २३ प्रतिशतले बढेको थियो । त्यसपछि कोरोना माहामारीको समय २०७८ मा पनि २६ प्रतिशतले कर्जा विस्तार भएको थियो । तर त्यसपछि वार्षिक औसत ६, ७ प्रतिशतको हाराहारीमा मात्र कर्जा बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्