एसिया कपमा दोहोरिने लक्ष्यमा नेपाल : भोलि चिरप्रतिद्वन्द्वी ओमानसँग भिडन्त
काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा भोलि नेपालले चीरप्रतिद्धन्दी ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।
समूह ए को विजेता नेपाल र समूह बी को उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको ओमान दुवै फाइनल प्रवेश गर्दै उपाधिको खोजीमा छ ।
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । एसियाली क्रिकेटमा यी दुई टोली चिरपरिचित प्रतिद्वन्द्वी हुन् र जब यी दुई मैदानमा उत्रन्छन्, तब कडा प्रतिस्पर्धा देखने पाइन्छ। । अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण खेलमा पटक पटक भेट भइरहने यि दुईबीचको खेल सँधै नेक टु नेक रहँदै आएको छ ।
नेपाल र ओमानबीच ओडिआई हेड टु हेडः
एसोसिएट क्रिकेटमा बलिया मानिने यी दुईबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआईमा कुल १० वटा खेल भएका छन् । जसमा ओमानको पल्लाभारी छ । अहिलेसम्म भएको कुल १० खेलमा ओमानले ६ खेल जित्दा नेपालले ४ खेलमात्र जितेको छ । समग्र ओडिआई तथ्यांकमा ओमान अगाडि देखिए पनि पछिल्लो समय नेपाली टोलीले ओमानविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै आएको छ ।
समूह ए मा बहराइनलाई ७, मलेसियालाई ६ र साउदी अरेबियालाई ५ विकेटले हराएको नेपाल अन्तिम खेलमा हङकङसँग १५ रनले हारेको थियो । तर नेटरनरेटमा माथि रहँदै नेपालले समूह विजेताका रुपमा अन्तिम ४ मा स्थान बनाएको हो । यता ओमानले समूह चरणमा २ जित र २ हारको नतिजा आत्मसाथ गर्यो ।
यस्तोमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली हाल उत्कृष्ट लयमा देखिन्छ । फेरबदलसहित मलेसिया पुगेको नेपाली टोलीमा आसिफ शेख, देव खनाल, इशान पाण्डे, अर्जुन कुमाल जस्ता भरपर्दो ब्याटर लयमा छन् । बलिङतर्फ स्पिन आक्रमणमा कप्तान सन्दीप लामिछाने र ललित राजवंशी तथा पेस आक्रमणमा करन केसीको उपस्थिति नेपालको मुख्य हतियार हो ।
यो प्रतियोगिताको उपाधि जितेमा नेपाल दोस्रो पटक एसीसी एसिया कपका लागि छनोट हुनेछ । जहाँ एसियाली क्षेत्रका विश्व विजेताहरु भारत, पाकिस्तान जस्ता टोलीहरु हुनेछ । यसअघि सन् २०२३ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा युएईलाई हराउँदै नेपालले पहिलो पटक एसिया कप खेलेको थियो । तर पछिल्लो पटक टि २० फरम्याटमा भएको खेलमा ओमानलाई हराउँदै युएई एसिया कप पुगेको थियो । यस पटक फेरी ओडिआई फरम्याटमा भइरहेको प्रतियोगितामा १० एसियाली एसोसिएट राष्ट्रहरू सहभागी छन् ।

प्रतिक्रिया