Main News

प्रधानसेनापति सिग्देललाई भारतको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

हिमालय टिभी
२०८१ मंसिर २७ गते १८:३९
प्रधानसेनापति सिग्देललाई भारतको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाउनुभएको छ ।

भारतका राष्ट्रपति द्रौपदी मुर्मुले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सिग्देललाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल दुईदिन अघि भारत जानुभएको थियो । सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रही आएको छ । त्यसअनुसार द्विवेदीलाई मंसिर ६ मा सरकारले मानार्थ महारथीको सम्मान दिएको थियो ।

नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाउनुभएको थियो । त्यसयता १५ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका छन् । भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए । त्यसयता द्विवेदीसहित १९ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *