कुन नेताको कुन विद्यालयमा लगानी ?
काठमाडौं : राजनीति र शिक्षा क्षेत्रबीचको सम्बन्धको बहस नेपालमा नयाँ होइन। राजनीतिक रूपमा सक्रिय व्यक्तिले शिक्षा क्षेत्र, विशेषतः निजी विद्यालयहरूमा आफ्नो सहभागिता राख्नुले नीति निर्माण, व्यवस्थापन र प्रशासनिक प्रक्रियामा हस्तक्षेप हुने आशंका समय-समयमा उठ्छ। यसले शिक्षामा गुणस्तर, समानता र समावेशीपन जस्ता विषयहरूलाई प्रभावित गर्न सक्छ।
मंगलबार शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री मन्त्री भट्टराईले सार्वजनिक रूपमा निजी विद्यालयका सञ्चालक पार्टीका कार्यकर्ता रहेको विषय उठाउनु र यसमा सबैले मुख खोल्नुपर्ने कुरा गर्नुले यस विषयमा ध्यानाकर्षण गराएको छ। तर, प्रश्न उठ्छ—यी विद्यालय सञ्चालकलाई केवल राजनीतिक भर्त्सना गर्नु नै समाधान हो, वा यसमा गहिरो विश्लेषण र संरचनागत सुधार आवश्यक छ? त्यसमाथि मन्त्रीले भने जस्तो निजी विद्यालयका सञ्चालकमा उहाँकै पार्टीका कति छन् त सक्रिय राजनीति गर्ने विद्यालय सञ्चालक ।
गोपाल आचार्य जो एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका भान्जा पनि हुन् । उहाँ एकीकृत समाजवादीका नेता हो । उहाँ म्याउन्ट ग्लोरी विद्यालयको संञ्चालक हुनुहुन्छ ।
लोकबहादुर भण्डारी जेभियर इन्टरन्यासनलका सञ्चालक । नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ अध्यक्ष केपी ओली निकट पात्र मानिनुहुन्छ ।
रमेश सिलवाल गोल्डेन गेट इन्टन्यासनलका सञ्चालक । नेकपा एमालेका नेता र एमालेकै सिफारिसमा युवा तथा खेलकुद परिषद्को सदस्य सचिव समेत भइसक्नुभएका व्यक्ति हुनुहुन्छ ।
युवराज शर्मा हिमालय ह्वाइट हाउसका सञ्चालक । एमालेको राजनीतिमा लामोसमयदेखि सक्रिय हुनुहुन्छ ।
नवराज महर, जो कञ्चन बोडिगं स्कुलका सञ्चालक हुनुहुन्छ । प्याब्सनको पूर्व केन्द्रीय सचिव समेत हुनुहुन्छ । एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ । टीकाराम पुरी एभरेष्ट कलेजका सञ्चालन । उहाँ नेकपा एमालेमा सक्रिय राजनीति गरिरहनुभएको छ ।
विरोध ढकाल जो एभरेष्टमा ५० प्रतिशत सेयर लगानीकर्ता हुनुहुन्छ । उहाँ पनि नेकपा एमालेकै नेता हुनुहुन्छ।
पूर्व राष्ट्रपति विद्यादेखि भण्डारीको ज्वाइँ उमेश थापा जो त्रीयोग स्कुल र ट्रिनिटी कलेजका सञ्चालक हुनुहुन्छ । उहाँ नेकपा एमालेको नेता हो । नेकपा एमालेको राजनीतिमा सक्रिय धेरै नामहरु छन् । जो विद्यालय सञ्चालक समेत हुन् ।
अहिलेका खेलकुद मन्त्री तेजुलाल चौधरीकै कुरा गरौं । उहाँ नाइन्टिंगेल स्कुलको सञ्चालक हो । उहाँ नेपाली कांग्रेसबाटै सांसददेखि मन्त्रीसम्म बन्नुभएको हो । उमेश श्रेष्ठ ल्याबरोटरी, लिटल एन्जल, आईडेल मोडल लगायत विभिन्न स्कुलका सञ्चालक हुनुहुन्छ । उहाँ अहिले नेपाली कांग्रेसको कोषाध्यक्ष हो भने कांग्रेसमा सक्रिय राजनीतिमा हुनुहुन्छ । आरजु राणा जो यूलियन्स स्कुलको सञ्चालक हुनुहुन्छ । उहाँ बहालवाला परराष्ट्रमन्त्री , नेपाली कांग्रेसको सांसद तथा केन्द्रिय सदस्य समेत हो । नेकपा एमाले र कांग्रेसका मात्रै होईन, नेकपा माओवादी लगायत विभिन्न दलका कार्यकर्ताहरु पनि विद्यालय सञ्चालक छन् ।
यो कुरा कतै लुकेको समेत छैन । यस्तो समयमा निजी विद्यालयका सञ्चालक पनि पार्टीको कार्यकर्ता रहेको भन्दै शिक्षा मन्त्रीले विद्यालय सञ्चालक पार्टी कार्यकर्ता खोजी रहनुभएको छ । यी कार्यकर्ता मन्त्री, सांसदलाई मन्त्री भट्टराईले अब के गर्नुहुन्छ होला त ?
प्रतिक्रिया