Main News

नेपालका सडक, मृत्युमार्ग कि राजमार्ग ?

हिमालय टिभी
२०८१ भदौ ११ गते २०:५१
नेपालका सडक,  मृत्युमार्ग कि राजमार्ग ?

काठमाडौं : के तपाईंलाई थाहा छ ? नेपालमा दैनिक सवारी दुर्घटना कति हुन्छ ? ट्राफिक प्रहरीको तथ्यांकअनुसार दैनिक ९७ वटा सवारी दुर्घटना हुन्छ । यी दुर्घटनामा दैनिक ७ जनाले ज्यान गुमाउने गरेका छन् भने ८८ जना घाइते हुने गरेको तथ्यांक छ ।
नेपाल कति सवारीसाधन होलान् ? औसतमा हेर्दा १० जनामध्ये १ जनासँगमात्र सवारीसाधन हुन्छ । अब अष्ट्रेलिया, बेलायत, नेदरल्यान्डसमा औसतमा एक बराबर एक सवारी साधन प्रयोग हुन्छन् । तर, त्यहाँ दुर्घटना कम हुन्छ । नेपालमा चाँही किन यस्तो ? यसको एउटै कारण हो- राजमार्गको नाममा मृत्यु मार्ग !

मृत्युमार्ग कि राजमार्ग ?

-पछिल्लो ६ वर्षमा सडक दुर्घटनाको अवस्था

आर्थिक वर्ष दुर्घटना संख्या मृत्यु घाइते
२०७५/०७६ १,०९७ ४७७ ७६२
२०७६/०७७ २५,७८८ २,२५१ ४,६१५
२०७७/०७८ ३३,१३५ २,५०० ६,४४८
२०७८/०७९ ३९,३७९ २,८८३ ७,२८२
२०७९/८० ३७,३९२ २,३६८ ५,७३८
२०८०/०८१ ३५,४०४ २,३६९ ६,१६०

सवारी साधन दुर्घटनाका कारण
– मानवीय
– यान्त्रिक
– सडक
– सडक प्रयोगकर्ता
– मौसम

दुर्घटना कम गर्ने उपाय
-सवारी दुर्घटना कम गर्न सबैभन्दा पहिले चालक नै चनाखो हुनुपर्ने
-सडकको सुधार तथा कानूनी सुधार
-बहुआयामिक प्रयासबाट मात्र दुर्घटना न्यूनीकरण गर्न सकिने
यो नौबिसे-मुग्लिन सडक । यसलाई पृथ्वीराजमार्ग पनि भनिन्छ । तपाईलाई राजमार्ग नै हो जस्तो लाग्छ त ? अहँ, दुर्घटना नै दुर्घटना भइराख्ने याे त मृत्यु मार्ग पाे बन्दैछ !
अब अर्कायाे सडक हेराैं- मुग्लिन-नारायणगढ ।
यहाँ पनि तपाई छक्कै पर्नुहुन्छ हाेला ! काठमाडाैं र पाेखरा जस्ता ठूला शहर प्रवेश गर्ने याे सडक मृत्यु मार्गभन्दा कम छ र ?

यो मुग्लिन-पोखरा सडक ।

पृथ्वी राजमार्गकै एउटा खण्ड हाे, याे । अब यस्ताे सडकमा सवारी दुर्घटना हुँदैन त ?

नारायणगढ- बुटवल सडक ।

नेपालकै पुरानाे पूर्वपश्चिम राजमार्ग ! हालत कस्ताे छ ? अनि कसरी सडक सुरक्षा सम्भब छ त ?

यो बिपी राजमार्ग ।
पूर्वी नेपाल जाेड्ने याे राजमार्गकाे अवस्था पनि हेराैं !

यो सिद्धार्थ राजमार्ग ।

पाेखरा र पाल्पा हुँदै बुटवल/भैरहवा जाेड्ने याे राजमार्ग त भासिन थालेकाे धेरै भइसक्याे । अब याे मृत्यु मार्ग हुँदैन त ?

काेरलादेखि पश्चिम नेपाल जाेड्ने याे करिडाेरकाे अवस्था हेराैं । यहाँ त सडक हेरेरै दुर्घटना हुने सहज अनुमान लगाउन सकिन्छ ।

हाम्रा राजमार्ग र ठूला सडकमा भएका केही दुर्घटनाका उदाहरण हेराैं :

असार २८ मा सिमलतालबाट त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस अहिलेसम्म भेटिएको छैन । दुर्घटनामा परेका मध्ये २५ जनाको शव फेला परेको छ । बस र त्यसमा सवार अन्य ४० जना अझै बेपत्ता छन् ।
भदौ ७ मा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा भारतीय तीर्थयात्री सवार बस खस्यो । दुर्घटनामा २७ जनाको मृत्यु भयो । घाइते १६ जनाको उपचार भइरहेको छ ।

नेपालभर दैनिक ९७ वटा सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनामा एक दिनमा औसत ७ जनाको मृत्यु र ८८ जना घाइते हुने प्रहरीको तथ्यांक छ । अब पछिल्लो ५ आर्थिक वर्षमा भएको सवारी दुर्घटनाको विवरण हेरौं ।
जेठ २८ मा मनसुन शुरु भएपछि दुर्घटनाको ग्राफ ह्वात्तै बढेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०८१ वैशाख यता १० हजार ६७० वटा साना–ठुला सवारी दुर्घटना भए । दुर्घटनामा परेर वैशाखदेखि भदौ पहिलो हप्तासम्ममा ७ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

यसवर्ष पृथ्वी राजमार्गस्थित चितवनखण्ड र नारायणगढ–मुग्लिन सडक खण्डमा अत्यधिक दुर्घटना भएको छ । साउन महिनामा मात्रै त्यस क्षेत्रमा ३४ वटा सवारी दुर्घटना भए । वर्षायाममा दुर्घटना वृद्धि हुनसक्ने पूर्वआँकलन भए पनि न्यूनीकरणका उपाय अवलम्बन नगर्दा दुर्घटना अत्यधिक बढेको विज्ञको भनाइ छ ।

सवारी साधन दुर्घटनाका कारण

सडक दुर्घटनाको मुख्य कारणका रूपमा मानवीय त्रूटि, कमजोरी वा लापरबाही हुने गरेको विज्ञको दाबी छ ।

२०७९ सालमा यातायात मन्त्रालयले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय यातायात सुधार सुझाव कार्यदल कार्यदल गठन गर्योू । कार्यदलले गठन भएको एक वर्षपछि मन्त्रालयलाई प्रतिवेदन बुझायो । कार्यदलले सडक दुर्घटनाका मुख्य पाँच कारण औल्याएको छ । ती हुन्- मानवीय, यान्त्रिक, सडक, सडक प्रयोगकर्ता र मौसम।

दुर्घटना कम गर्ने उपाय
-सवारी दुर्घटना कम गर्न सबैभन्दा पहिले चालक नै चनाखो हुनुपर्ने
-सडकको सुधार तथा कानूनी सुधार
-बहुआयामिक प्रयासबाट मात्र दुर्घटना न्यूनीकरण गर्न सकिने

सुझाव कार्यदलले सडक सुरक्षाका लागि ऐन तथा एउटा स्वायत्त खालको राष्ट्रिय सडक सुरक्षा परिषद् बनाउन पनि सुझाव दिएको थियो। तर सरकारले सडक सुरक्षा परिषद्‌ बनाउने तदारुकता देखाएको छैन । सडक दुर्घटनाको भयावह तथ्यांक हेर्दा सकुशल गन्तव्यमा पुग्ने यात्री कुनै ठूलो युद्धको विजेता सरह हुने अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *