Main News

‘महिला प्रधानमन्त्री’ बनाउनुहोला त ओलीले ?

हिमालय टिभी
२०८१ भदौ ९ गते २०:१०
‘महिला प्रधानमन्त्री’  बनाउनुहोला त ओलीले ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले महिलालाई राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश तथा मुख्यसचिव बनाएको भन्दै अब प्रधानमन्त्री पनि बनाउने चाहना भएको दाबी गर्नुभयो ।

शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीका प्रश्नको जवाफ दिँदै ओलीले महिला उत्थानका विभिन्न प्रयासहरुको जस लिँदै प्रधानमन्त्रीसमेत बनाउने दाबी गर्नुभयो । के ओलीले महिलालाई प्रधानमन्त्री बनाउने गरी संरचनाहरु बनाउनु भएको छ त ?
एमाले केन्द्रीय सचिवालय

एमाले केन्द्रीय सचिवालयको संख्या १८
महिलाको संख्या : २
अष्टलक्ष्मी शाक्य : उपाध्यक्ष, उमेर ७१ वर्ष
पदमा अर्याल : सचिव, उमेर ५५
एमाले केन्द्रीय कार्यालय
एमाले केन्द्रीय कार्यालयको सदस्य संख्या १०
महिलाको संख्या : १ (पद्मा अर्याल)
एमाले स्थायी कमिटी
एमाले स्थायी कमिटी सदस्य संख्या : ४१
महिलाको संख्या : ६ (अष्टलक्ष्मी शाक्य र पद्मा अर्यालसहित)
एमाले पोलिटव्यूरो
एमाले पोलिटव्यूरो सदस्य संख्या : ९९
महिलाको संख्या : १८
एमाले केन्द्रीय कमिटी सदस्य संख्या ३०१
महिलाको संख्या : १०१

आरजु राणालाई अथवा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

प्रधानमन्त्री केपी ओली भन्दै हुनुहुन्छ, महिलालाई प्रधानमन्त्री बनाउने सोचिराखेको छु र त्यसका लागि केही समयको तयारी चाहिन्छ ।

विगतमा शीर्ष पदहरुमा महिला पुगेका सबै अवसरको जस लिँदै ओलीले हालै मात्र महिलालाई मुख्यसचिव बनाएको बताइँरहँदा हलले हाँसोमिश्रित तालीले धन्यवाद पनि दियो ।
गत साउन १० गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको थियो । संयोग होस् वा ओलीको प्रयास विगतमा विद्यादेवी भण्डारी राष्ट्रपति, ओनसरी घर्ती सभामुख तथा सुशीला कार्की प्रधानन्यायाधीश हुँदा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । यसबापत उहाँले जस लिन पाइहाल्नुहुन्छ ।
वरिष्ठतम न्यायाधीशका रुपमा प्रधानन्यायाधीशमा सुशीला कार्की सिफारिसमा पर्नु, सत्ताको भागवण्डामा ओनसरी घर्ती सभामुखका रुपमा निर्विरोध निर्वाचित हुनु वा कार्यकारी भूमिका नभएका कारण विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाइनु प्रधानमन्त्री बन्नुभन्दा फरक कुरा थियो । राष्ट्रपतिका रुपमा निर्वाचित रामवरण यादव कांग्रेस पार्टीको पहिलो तहको नेता हुनुहुन्थेन भने एमालेको उपाध्यक्षसम्म बन्नुभएकी भण्डारीसमेत पहिलो तहको नेता हुनुहुन्थेन । यसले पनि राष्ट्रपति पद दलहरुको पहिलो रोजाइ होइन भन्ने देखिन्छ । सभामुखको कुरा गर्ने हो भने पनि यही कुरा हो । हालका सभामुख देवराज घिमिरेको अनुहारसमेत लामो समयदेखि मुलधारको राजनीतिबाट ओझेलमा थियो । जे होस् ओलीले महिलालाई प्रधानमन्त्री बनाउने चाहना राख्नुभएको छ । तर त्यसका लागि उहाँले के के गर्नुभएको छ त ?


मुख्यरुपमा उहाँले एमाले पार्टीकै कुनै नेतृलाई यो पद दिनु होला, सापेक्षाताको सिद्धान्त त यही नै हो । त्यसो भए ओलीले प्रधानमन्त्री बनाउने गरी पार्टीको संरचना महिलामैत्री बनाउनुभएको छ त ?
एक पटक एमालेको केन्द्रीय सचिवालयदेखि केन्द्रीय कमिटी हेरौँ
एमाले केन्द्रीय सचिवालयको संख्या १८
महिलाको संख्या : २
अष्टलक्ष्मी शाक्य : उपाध्यक्ष, उमेर ७१ वर्ष
पदमा अर्याल : सचिव, उमेर ५५

एमाले केन्द्रीय कार्यालयको सदस्य संख्या १०
महिलाको संख्या : १ (पदमा अर्याल)
एमाले स्थायी कमिटी सदस्य संख्या : ४१
महिलाको संख्या : ६ (अष्टलक्ष्मी शाक्य र पदमा अर्यालसहित)
एमालेमा पोलिटव्यूरो सदस्य संख्या : ९९
महिलाको संख्या : १८
एमाले केन्द्रीय कमिटी सदस्य संख्या ३०१
महिलाको संख्या : १०१

ओलीले युथ कन्क्लेभमा युवाहरुसँग भनेको एउटा कुरा स्मरणीय छ, महिलालाई ३३ प्रतिशतको सुनिश्चिततामा मेरो विशेष भूमिका छ । तर पार्टीको सचिवालय, केन्द्रीय कार्यालय, स्थायी कमिटी वा ९९ सदस्यीय पोलिटव्यूरोमा समेत ३३ प्रतिशत त के निकै झिनो संख्यामा सहभागी गराउनुभएको छ । र संविधानले बाध्यकारी बनाएका कारण ठूलो संख्यामा रहेको केन्द्रीय कमिटीमा लगेर महिलाको संख्या बढाउनुभएको छ ।
चाहने हो भने एक जना महिलालाई प्रधामन्त्री बनाउन कमिटीमा ३३ प्रतिशत हुनु त पर्दैन । बरु त्यसका लागि पार्टीदेखि संसदीय दलमा उल्लेख्य भूमिका भने अवश्य दिनुपर्छ । सामान्य अभ्यासअनुसार पार्टीको प्रमुख व्यक्ति र संसदीय दलको नेता नै प्रधानमन्त्री बन्छन् । तर ओलीले कुनै पनि महिलालाई न पार्टीको अध्यक्ष बनाउने तयारी गर्नुभएको छ न त संसदीय दलको नेता नै । यी कुनै पनि काम नगरीकन महिलालाई प्रधानमन्त्री बनाउने चाहना र त्यो पनि किस्तीमा राखेर पद दिन आफू लागि परेको भाष्य विश्वास गर्नलायक सुनिँदैन । त्यसबाहेक कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा आरजु राणालाई अथवा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता देखिएकाले भण्डारी नै प्रधानमन्त्री बन्नेगरी राजनीतिक कोर्ष बदलिँदै गएको हो भने त्यो भविष्यले नै देखाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *