Main News

विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक जना पक्राउ

हिमालय टिभी
२०८० माघ ७ गते १६:१६
विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक जना पक्राउ

७ माघ २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको ४९९ ग्राम सुनसहित झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई नियन्त्रणमा लिएको हो ।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले सुन ल्याएका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।

अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *