Main News

सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद थप

हिमालय टिभी
२०८० माघ ७ गते १६:१४
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद थप

७ माघ २०८० काठमाडौं । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद थप गरिएको छ ।

असोज १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगले पुस ४ मै म्याद थप गर्न पत्राचार गरेपनि एकमहिनापछि मात्र दुई महिनाका लागि म्याद थप गरिएको हो ।

दशैं तिहार लगायत चाडपर्वका कारण काम नसकिएको भन्दै आयोगले म्याद थपकालागि पत्राचार गरेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो । नेपालमा भित्रने अवैध सुन तस्कारीबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको थियो । आयोगले विभिन्न व्यक्ति, संस्थासँग छलफल गर्नुका साथै भन्सार कार्यालयमा अनुगमनसमेत गरेको थियो ।

आयोगले सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा छलफल गरिसकेको छ ।

यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना लिन आयोग सक्रिय रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

यसैगरी सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिको संलग्नता र थप अनुसन्धान, सुनको अवैध तस्करी सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिनेगरी कार्य योजनामा काम गरेको बताइएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पार गरेर सिनामंगलमा ६० किलो सुन बरामद भएको थियो । त्यसअघि पनि भेपमा राखेर ९ किलो सुन नेपाल भित्र्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *