Main News

जीबी राई जोडिएको सहकारी घोटला प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै

हिमालय टिभी
२०८० माघ ७ गते १६:१२
जीबी राई जोडिएको सहकारी घोटला प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै

७ माघ २०८० काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राईविरुद्ध छानबिन थालेको छ ।

आइतबार नै उजुरी दर्ताको तयारीमा रहेको सीआइबीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान अघि बढाएको बुझिएको छ ।

टेलिभिजन सञ्चालनका क्रममा अध्यक्ष जीबी राईको व्यवसायिक साझेदार भएका रवि लामिछानेकै नाममा समेत पोखराको सूर्यदर्शन सहकारी, चितवनको साहरा चितवन सहकारी तथा बुटवलको सुप्रिम सहकारीबाट पैसा निकासा भएको विभिन्न प्रमाणहरुले देखाइसकेका छन् ।

टीभी चलाउन सूर्यदर्शन सहकारीबाट १० करोड बढी, साहरा चितवन सहकारीबाट ११ करोड भन्दा बढी र बुटवलको सुप्रिम सहकारीबाट १० करोडभन्दा बढी रकम लगिएको प्रमाण सार्वजनिक भइसकेका छन् । जतिबेला टेलिभिजनमा लामिछानेको १५ प्रतिशत शेयर थियो ।

तीनै प्रमाणहरु बोकेर अहिले यी तीनैवटा सहकारीका बचतकर्ता रकम फिर्ताका लागि सघाउन लामिछानेलाई आग्रह गरिरहेका छन् । तर लामिछानेले आफ्ना व्यवसायिक साझेदार राईको सन्दर्भमा प्रवेश नै नगरी सहकारीका बचतकर्ताको पैसा सरकारले फिर्ता गरिदिनुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *