Main News

अयोध्या जाने नेपाली रेललाई भारतले दिएन अनुमति

हिमालय टिभी
२०८० माघ ७ गते १३:५१
अयोध्या जाने नेपाली रेललाई भारतले दिएन अनुमति

७ माघ २०८० काठमाडौं । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ ।

सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो । नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको बताउनु भएको थियो ।

जस अनुसार हिजो अपरान्ह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो । तर हिजो साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ ।

जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले भारतले अनुमति नदिँदा अयोध्या जाने रेल सेवा रद्द गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *