Main News

पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारद्वारा समिति गठन

हिमालय टिभी
२०८० माघ ६ गते १६:५२
पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारद्वारा समिति गठन

६ माघ २०८० मोरङ । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय गरिएको छ ।

प्रदेशसभा बैठकले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बूको मृत्यू भएको थियो ।

मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रको विकासका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गर्नुभएको छ ।

किरात सभ्यतालाई केन्द्रमा राखेर आदिवासी जनजातिको पहिचान कायम गर्दै माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *