Main News

सुर्खेतमा यातायात व्यवसायीबीच झडप

हिमालय टिभी
२०८० माघ ६ गते १३:२०
सुर्खेतमा यातायात व्यवसायीबीच झडप

६ माघ २०८० सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ ।

झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारीमाथि संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिले हातपात गरेका हुन ।

बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ । त्यसपछि दुई समूहबीच झडप भएको थियो । सुर्खेतमा सञ्चालित दर्जनभन्दा बढी पुराना यातायत व्यवसायीले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन् ।

तर नयाँ थपिएर आएको भिजिट कर्णाली यातायातले बसपार्क बाहिर टिकट काउण्टर राखेपछि विवाद भएको हो। अरु यातायात व्यवसायीले बसपार्क भित्रैबाटै टिकट काट्नुपर्ने अडान लिएका थिए। झडपपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन केहीबेर ठप्प भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *