Main News

सिर्सिया नदी डम्पिङ साइट बन्दा.. (भिडियो रिपोर्टसहित)

२०८० माघ ५ गते १८:०२
सिर्सिया नदी डम्पिङ साइट बन्दा.. (भिडियो रिपोर्टसहित)

५ माघ २०८० बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मुहान रहेको सिर्सिया नदी पर्सा हुँदै भारत पुग्छ ।

मुहानबाट कलकल बग्ने स्वच्छ पानी तीस किलोमिटरको यात्रा तय गरेर पर्सा पुग्दा पानीभन्दा ढल बढी देखिन्छ । पछिल्लो दुई दशकमा खुलेका विभिन्न उद्योगहरुको डम्पिङ साइट बन्दा सिर्सिया नदी दुर्घन्दित भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका ४० वर्षे मनोज साहलाई बाल्यकालमा सिर्सिया नदीमा पौडी खेलेको, त्यहाँको पानी खाएको याद ताजै छ । तर, अहिले यो नदी ढलमा परिणत भइसक्यो ।

अहिले दुर्गन्धका कारण सिर्सिया नदी आसपास जानै सकिँदैन । सिमरा, जीतपुर, छातापिपरा, परवनीपुर र वीरगंजमा स्थापना भएका उद्योगबाट निस्किने प्रदुषित पानी प्रशोधन बिनै मिसाउँदा नदी दुर्गन्धित छ ।

यो नदीमा कियासुत नदी र वौद्यी खोला आएर सिर्सिया नदीमै मिसिन्छ । तर ३० किमोमिटर बगेर वीरगञ्ज पुग्दा नपुग्दै नदीले रंग फेर्छ, कालो गन्हाउने तरल पदार्थ बन्न पुग्छ । स्थानीय सरकारले नदी संरक्षणमा चासो नदेखाउँदा यस्तो अवस्थामा पुगेको स्थानीयको आरोप छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा संचालनमा रहेका जगदम्बा स्टील, हुलास स्टील, अशोक स्टील, गणपति वनस्पती उधोग सूर्य नेपाल जस्ता ठूला उधोग फोहर व्यवस्थापनामा उदासिन छन् । नदीमा मिसिएको रासायनिक पदार्थका कारण नदी मात्र होइन, खेतबारी र जिवजन्तुमा समेत असर गरिरहेको छ ।

उत्सर्जन हुने फोहर प्रशोधन गरेर मात्र विर्सजन गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले उद्योगलाई निर्देशन दिएको छ । तर, उद्योगले निर्देशन पालना नगर्दा समस्या जस्ताको तस्तै छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ को ७ ९३० मा उद्योग संचालनका क्रममा वातावरणमा परेको वा पर्न सक्ने प्रतिकुल वातावरणीय परीक्षण गर्नुपर्ने भनिएको छ । त्यसको ४ नम्बरमा न्यूनिकरण नगरेको खण्डमा कारवाही हुने उल्लेख छ । तर, सिर्सिया खोला आसपास खुलेका हिमाल डिस्टिली, सुर्य एग्रो प्रोडक्सन, कुसुम आयल, शिवशक्ति घ्यु उद्योग, शिवशक्ति सोप इन्डस्ट्रिज, पुजा सोप एण्ड केमिकल इन्डस्ट्रिज लगायत दर्जनौं उद्योगले उत्सर्जन हुने फोहर सोझै नदीमा फाल्ने गरेका छन् । जसका कारण नदीको अस्तित्व नै हराउने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *