Main News

निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५ प्रतिशत बढ्यो

हिमालय टिभी
२०८० माघ ५ गते १६:४९
निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५ प्रतिशत बढ्यो

५ माघ २०८० काठमाडौं । नेपालको निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा साढे ५ प्रतिशतले बढेको छ ।

ललितपुरमा सार्वजनिक निजामति सेवामा समावेशिताको स्थिति अध्ययन प्रतिवेदनले महिलाको प्रतिनिधित्व १५ वर्षमा ५।५ प्रतिशत बढेको देखाएको हो ।

यो हिसावले महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुग्न १३६ वर्ष लाग्ने तथ्यांकले देखाएको छ । सन् २०१२ को तथ्यांकअनुसार नेपालको निजामति सेवामा पहाडिया बाहुन, क्षेत्री समुदायको ६२.९ प्रतिशत र सोही समुदायको महिलाको प्रतिनिधित्व १०.१ प्रतिशत थियो ।

सन् २०१९ मा आइपुग्दा यो समुदायको पुरुष ६१.२ र महिला १५।६ प्रतिशत देखिएको छ । मधेसी समुदायमा व्राम्हण क्षेत्रीको प्रतिनिधित्व सुधारिए पनि अन्य जातको स्थिति न्यून रहेको देखिएको हो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निजामित क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक नरहेको बताउनु भयो। उहाँले आरक्षणमा पनि आरक्षण दिइएका समुदाय भित्रका पछाडि पारिएका वर्गको आधारमा आरक्षण छुट्याउन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष पराजुलीले आदिवासी जनजातिमा शिक्षाको पहुँचलाई बिस्तार गरेर जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *