Main News

राजश्व अनुसन्धान विभागद्वारा क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड बरामद

हिमालय टिभी
२०८० माघ ५ गते १३:२३
राजश्व अनुसन्धान विभागद्वारा क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड बरामद

५ माघ २०८० काठमाडौं । राजश्व अनुसन्धान विभागले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेको बताउनु भयो । राजस्व अनुसन्धान विभागको टोलीले गएराति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरेको थियो ।

उहाँका अनुसार बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।

अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको बताइएको छ । पक्राउ परेकाहरुविरुद्ध आज थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *