Main News

असंलग्न आन्दोलनको शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन आज

हिमालय टिभी
२०८० माघ ५ गते १३:२१
असंलग्न आन्दोलनको शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन आज

५ माघ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलनको १९औं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

युगाण्डामा आजैदेखि शुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन राजधानी कम्पालामा दुई दिन चल्नेछ ।

आजै प्रधानमन्त्री त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनुहुनेछ ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । नेपाल स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सहभागी हुँदै आएको छ ।

असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते बिहान ९ बजे स्वदेश आइपुग्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *