Main News

नक्कली मदिरा बनाई बेचेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

हिमालय टिभी
२०८० माघ ३ गते १७:११
नक्कली मदिरा बनाई बेचेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

३ माघ २०८० काठमाडौं । प्रहरीले स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई सार्वजनिक गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेबी गाउँपालिका २ का मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की, सिन्धुपाल्चोकको चौतारा गाउँपालिका ३ का २७ वर्षीय मोहन खड्का छन् । यस्तै १८ वर्षीय रोशन कार्की, सिन्धुलीको कमलामाई नगरपालिका ९ का २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापालाई पनि पक्राउ गरि सार्वजनिक गरिएको छ ।

प्रहरीले रामेछाप, मजुवा गाउँपालिका३का २३ वर्षीय महेश खत्री, खाँडादेवीका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा ०६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटीलाई पनि सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलीले बुधबारकागेश्वरी मनोहरा नगरपालिका वडा नं ०५ थलिस्थित भरत थापाको २ तल्ले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गर्दा नक्कली रक्सीहरु बरामद गरेको थियो ।

यस्तै मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनीपानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकर पनि बरामद गरिएको छ ।

यस्तै लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू बरामद गरिएको छ । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *