Main News

उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममै विरोध प्रदर्शन

हिमालय टिभी
२०८० माघ ३ गते १७:०५
उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममै विरोध प्रदर्शन

३ माघ २०८० काठमाडौं । मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सत्ता गठबन्धनमा आबद्ध दल जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ ।

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रममा जनमतले विरोध जनाएको हो ।

उनीहरुले यसअघिको सरकारले गरेको भ्रष्टाचारको फाइल नखोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए । मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिद, मुख्यमन्त्री स्वच्छता अभियान, जानकी मन्दिरको सौन्दर्यीकरण लगायतका भ्रष्टाचार काण्डहरुको छानविन हुनुपर्ने जनमत पार्टीका नेताहरुको माग थियो ।

त्यसपछि मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनमा असन्तुष्टि भए सरकारबाट बाहिरिन सुझाव दिनुभएको थियो । पुस २९ मा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रम लगत्तै सोही हलमा जसपा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा प्रदेश सरकारले स्वाभिमान दिवसको कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *