Main News

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आचारसंहिता लागू

हिमालय टिभी
२०८० माघ ३ गते १३:३९
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आचारसंहिता लागू

३ माघ २०८० काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि आचारसंहिता शुरु भएको हो । आचारसंहिता माघ १२ गते अर्थात् निर्वाचन सम्पन्न नभएसम्म लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न, गराउन नहुने आयोगले जनाएको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था वा विश्वविद्यालय, विद्यालय, महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न, गराउन पाइने छैन ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री(वितरण, प्रदर्शनलगायत कार्य गर्न, गराउन नहुने आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *