Main News

जनप्रतिनिधिबीच विवादपछि रौतहटका गरुडा र कटहरिया नगरपालिकामा तालाबन्दी

हिमालय टिभी
२०८० माघ ३ गते १३:३७
जनप्रतिनिधिबीच विवादपछि रौतहटका गरुडा र कटहरिया नगरपालिकामा तालाबन्दी

३ माघ २०८० रौतहट । रौतहटका गरुडा र कटहरिया नगरपालिकामा जनप्रतिनिधिबीच विवाद हुँदा तालाबन्दी गरिएको छ ।

फरक–फरक विषयमा असन्तुष्ट बनेका जनप्रतिनिधि र कर्मचारीहरुले गरुडा र कटहरिया नगरपालिकामा कामकाज ठप्प पारेका हुन् ।

गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारले एकलौटी निर्णय गरेको र अन्य पदाधिकारीलाई निषेध गरेको भन्दै उपप्रमुखसहितले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । उपप्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्ना जारी छ।

कार्यपालिकाको नियमित बैठक गर्नुपर्ने, नगरसभाका निर्णय सार्वजनिक गर्नुपर्नेलगायत मागसहित जनप्रतिनिधि नै आन्दोलित भएका हुन्।

गरुडासँगै कटहरिया नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले दैनिक सेवामा अवरोध गरेपछि सेवा ठप्प बनेको छ ।

पुस १८ गते बसेको कटहरिया कार्यपालिकाको बारेमा जानकारी माग्दा नगरप्रमुख अजय प्रकाश जैसवालले २३ गतेको कार्यपालिका बैठकमा पेश गर्ने प्रतिबद्धता जनाएका थिए । तर, पेश नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको कटहरियाका आन्दोलनरत पक्षको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *