Main News

भेडेटार घुम्न आउनेका लागि नजिकै अर्को गन्तब्य : रानी ताल र मोटरबोट (भिडियो रिपोर्टसहित)

२०८० माघ २ गते १६:०८
भेडेटार घुम्न आउनेका लागि नजिकै अर्को गन्तब्य :  रानी ताल र मोटरबोट (भिडियो रिपोर्टसहित)

२ माघ २०८० धनकुटा । नेपालको पूर्वी भागको चर्चित पर्यटकीय क्षेत्र हो, भेडेटार ।

तराईको गर्मी र शितलहर छल्नका लागि भेडेटारमा दैनिक पाँच सयको हाराहारीमा पर्यटक भेडेटार पुग्ने गरेका छन् । भेडेटार घुम्न आउनेका लागि नजिकै अर्को गन्तब्य तयार पारिएको छ, रानी ताल र मोटरबोट ।

भेडेटार आउने पर्यटक रानीताल पुग्न थालेपछि चहलपहल बढेको छ । भेडेटारबाट २४ किलोमिटर पूर्वमा रहेको रानी ताल रमणीय वातावरण र मोटरबोटले पर्यटकको रोजाइमा पर्न थालेको छ ।

भेडेटारको नमस्ते झरना, चाल्र्स प्वाइन्ट, नाम्जे, डाँडाबजारको ध्वजेडाँडा जस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो लाग्छ । त्यहीँबाट पर्यटक चौबिसे गाउँपालिकाको रानीतालसम्म पुग्ने गरेका छन् । यि मनोरम स्थलपछि तालमा मोटरबोटको रमाइलो यात्राले भेडेटार आसपासको पर्यटनमा टेवा पुगेको छ । यसलाई थप व्यवस्थित बनाउन गाउँपालिकाले विभिन्न योजना अघि बढाएको छ ।

बाह्रै महिना चिसो मौसम भइरहने राजारानी सानो उपत्यका पनि हो । राजा र रानी छुट्टाछुट्टै ताल रहेको राजारानीमा रानी तालमा मात्र पानी छ, राजा ताल सुकिसकेको छ । राजा ताल समेत ब्यबस्थीत गर्ने तयारी भइरहेको छ । त्यस्तै राजारानी पुग्ने पर्यटकले नागबेली पार्क तथा काली झरनाको समेत आनन्द लिन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *