Main News

भूकम्पीय जोखिम न्युनीकरणमा सहकार्यमा जोड

हिमालय टिभी
२०८० माघ २ गते १४:११
भूकम्पीय जोखिम न्युनीकरणमा सहकार्यमा जोड

२ माघ २०८० काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न संघ र प्रदेश सरकार तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा जोड दिनुभएको छ ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले आज भूगोलपार्कमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले जोखिम न्यूनीकरणको नयाँ मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने दाबी गर्नुभएको हो ।

संविधानले विपत् व्यवस्थापनलाई स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विपत् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएको बताउनुभयो ।

विक्रम संवत् १९ सय ९० माघ २ गते विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । ९० सालको भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो ।

उक्त भूकम्पबाट ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन गरी दुई लाख सात हजार दुई सय ४८ संरचना भत्किएका थिए ।

यसैगरी २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार ६७० जनाको निधन भएको थियो । जस कारण सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *