Main News
संविधान कार्यान्वयनमा राष्ट्रपतिले गराए दलहरुको ध्यानाकर्षण
२०८० माघ १ गते १३:२०

१ माघ २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि दलहरूको ध्यानाकर्षण गराउनु भएको छ ।
माघेसंक्रान्तिको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित विभिन्न दलका नेतालाई शीतल निवासमा बोलाएर गरेको छलफलमा राष्ट्रपति पौडेलले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताउनुभएको हो ।
उहाँले संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाको सभामुख, राष्ट्रियसभा अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत शीर्ष तहका नेताहरू उपस्थित थिए।
प्रतिक्रिया