Main News

झापामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु, आठ जना घाइते

हिमालय टिभी
२०८० पुष २९ गते १३:३४
झापामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु, आठ जना घाइते

२९ पुस २०८० झापा । झापामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको कार र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको हो ।

ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन्।

यस्तै कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको स्कुटरसमेत ठोक्किएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *