Main News

काठमाडौंमा भोलिदेखि मेलम्चीको पानी पुनः वितरण हुँदै

हिमालय टिभी
२०८० पुष २९ गते १३:३१
काठमाडौंमा भोलिदेखि मेलम्चीको पानी पुनः वितरण हुँदै

२९ पुस २०८० काठमाडौं । काठमाडौंमा भोलिदेखि मेलम्चीको पानी पुनः वितरण हुँदैछ ।

वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी भोलि देखि पुनः उपत्यकावासीलाई वितरण गर्न लागिएको हो । मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो ।

पहिलो पटक २०७७ साल चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो । जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *