Main News

राष्ट्रिय सभा सदस्य उम्मेदवारको खर्च सीमा तोकियो

हिमालय टिभी
२०८० पुष २९ गते १३:२६
राष्ट्रिय सभा सदस्य उम्मेदवारको खर्च सीमा तोकियो

२९ पुस २०८० काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तोकेको हो ।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ । निर्वाचन सकिएको ३० दिनभित्र विवरण बुझाउन समेत आयोगले उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *