Main News

कर्णालीमा फोर्टिफाइड राइस वितरण (भिडियो रिपोर्टसहित)

२०८० पुष २८ गते १८:१९
कर्णालीमा फोर्टिफाइड राइस वितरण (भिडियो रिपोर्टसहित)

२८ पुस २०८० सुर्खेत । कर्णालीका कालीकोट, मुगु, हुुम्ला, जुम्ला र डोल्पा जिल्लामा कुपोषण घटाउन फोर्टिफाइड राइस वितरण थालिएको छ । पौष्टिक तत्व सुदृढ गरिएको चामल (फोर्टिफाइड राइस) वितरणको प्रक्रिया शुरु गरिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्दियामा रहेको मिलमा चामललाई सुदृढ गरी कर्णाली प्रदेशका साविकको कर्णाली अञ्चलका कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा वितरण सुरु गरेको हो ।

मुगुको खत्ताड र रातापानी डिपो मार्फत विक्रि गर्नका लागि ९० क्विनटल फोर्टिफाइड चामल पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले जनाएको छ । कार्यालयका अनुसार यो चामल कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण प्रक्रियालाई थप विस्तार गरिने भएको छ ।

तथ्यांक अनुसार कर्णालीका झण्डै ४० प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् । यीमध्ये आधाभन्दा बढी बालबालिका र आमाहरूमा कुनै न कुनै प्रकारको कुपोषणको समस्या हुने गरेको छ । अब वहुपोषण सहितको चामल उपलब्ध गराउदाँ कुपोषणको समस्या कम हुने कार्यालयको अनुमान छ ।

विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले पाँच जिल्लामा वितरणको काम सुरु गरेको हो । यो चामलको प्रयोगले बाल मृत्युदर कम गर्न मद्दत पुुग्ने बताइएको छ ।

खाद्य कम्पनीले बर्दियाको राजापुर र धनुषामा चामलमा पौष्टिक तत्व स्तरोन्नति गर्न आवश्यक पर्ने मेसिनरी तथा अन्य सामग्री विश्व खाद्य कार्यक्रमको सहयोगमा जडान गरी उत्पादन सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *