Main News

थानकोट–चित्लाङ सडक खण्डमा कार दुर्घटना पाँच जनाको मृत्यु

हिमालय टिभी
२०८० पुष २८ गते १६:३६
थानकोट–चित्लाङ सडक खण्डमा कार दुर्घटना पाँच जनाको मृत्यु

२८ पुस २०८० काठमाडौं । हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

थानकोटबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश-३- ०१-०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका–४ मा शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार निधि तिवारी, डाक्टर महेशकुमार गौतम, कल्पना तिवारी र प्रियान्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो।

६ वर्षीय स्माइल गौतमको बयोधा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । उनकी आमा डाक्टर सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

उनीहररू चित्लाङ घुम्न गएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौंडा–काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *