राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिँदै
२८ पुस २०८० काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिँदैछ।
निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चुनाव चिह्न वितरण गर्ने समय तोकेको छ । ५२ जनाको उम्मेदवारी परे पनि लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचनमा आठ राजनीतिक दलबाट उम्मेदवारी परेको छ। यसमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवारको मनोनयन दर्ता भएको छ।
आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ जना सदस्यको निर्वाचन हुँदैछ । उनीहरुको कार्यकाल भने फागुन २१ गते सुरु हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ ।
प्रतिक्रिया