Main News

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

हिमालय टिभी
२०८० पुष २७ गते १३:२१
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पुस २०८० काठमाडौं । आज पुष २७, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्ने गरिन्छ ।

गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम स‌वत् १७ सय ७९ साल पुष २७ गते आजैका दिन शाहको जन्म भएको थियो ।

नेपाल एकीकरणका अभियन्ता शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । उहाँको निधन ५२ वर्षको उमेरमा १८ सय ३१ मा नुवाकोटमा भएको थियो । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा प्रशंसा हुँदै आएको छ ।

नेपाल एकीकरण गर्नुभएका पृथ्वीनारायणको स्मरणमा २ हजार ७ सालपछि एकता दिवस मनाउन थालिएको थियो । तर २०६२र ६३ को जनआन्दोलनबाट लोकतन्त्र आएपछि औपचारिक रुपमा पृथ्वी जयन्तीमा विदा दिन छाडिएको थियो । तर यस वर्ष गत वर्ष झैं सार्वजनिक विदा दिइएको छ ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको थियो । दिवसका अवसरमा राष्ट्रपति पौडेल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतले शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *