Main News

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

हिमालय टिभी
२०८० पुष २७ गते १३:१६
राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

२७ पुस २०८० काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

निर्वाचनका लागि नाम दर्ता गराएका उम्मेदवारले आज आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन तालिका छ । नाम फिर्ताको समय सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको छ । त्यसपछि भोलि बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *