Main News

सबै विषयमा ३५ प्रतिशत ल्याए मात्र एसईई उत्तीर्ण हुने

हिमालय टिभी
२०८० पुष २५ गते १७:२०
सबै विषयमा ३५ प्रतिशत ल्याए मात्र एसईई उत्तीर्ण हुने

२५ पुस २०८० काठमाडौं । एसईई परीक्षा उतीर्ण हुन सबै विषयमा कम्तिमा ३५ प्रतिशत ल्याउन पर्ने भएको छ । एसईई चैत पहिलो साता शुरु हुँदैछ ।

शिक्षा पत्रकार सञ्जाल इजोनले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्डले तयार गरेको प्रश्नपत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुने जानकारी दिनुभयो । परीक्षाको क्यालेन्डर माघको पहिलो साता सार्वजनिक हुनेछ ।

परीक्षा बोर्डले तयार गरेको प्रश्नपत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुनेछ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसपालिको परीक्षामा सैद्धान्तिकमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको जानकारी दिनुभयो ।

कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् । परीक्षामा ४ लाख ८९ हजार ४ सय ४४ तथा खुलातर्फ १० हजार विद्यार्थी छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइसकेकोले परीक्षा नरोकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *