Main News
तनहुँको भीमादमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
२०८० पुष २५ गते १३:११

२५ पुस २०८० तनहुँ । तनहुँको भीमादमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट पाल्पाको रामपुरका लागि छुटेको जीप भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा सडकबाट तल खसेको हो ।
चालकसहित १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जना गम्भीर छन् । घाइतेहरूको कोइराला स्वास प्रश्वास अस्पतालमा पोखरामा उपचार भइरहेको छ ।
मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ । ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया