Main News

दुई मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०८० पुष २४ गते १३:४४
दुई मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

२४ पुस २०८० महोत्तरी । महोत्तरीको औरहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।

बर्दिबास–जलेश्वर सडक खण्डमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

दुबै मोटरसाइकलको पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् । बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएको दुई मोटरसाइकल औरही नगरपालिका(१ वडा कार्यालय नजिक ठोक्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *