Main News

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

हिमालय टिभी
२०८० पुष २४ गते १३:३७
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

२४ पुस २०८० काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनु भएको छ ।

आफ्नो कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेपछि खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको शेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालको राजीनामा आएको हो ।

खनाल २०७६ साल साउन ९ गते प्राधिकरणको अध्यक्ष हुनु भएको थियो । आगामी साउनसम्म कार्यकाल रहेका खनाल विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *