Main News

कोशी प्रदेशले आज सभामुख पाउँदै, राप्रपाका विष्ट सर्वसम्मत हुने

हिमालय टिभी
२०८० पुष २४ गते १३:३२
कोशी प्रदेशले आज सभामुख पाउँदै, राप्रपाका विष्ट सर्वसम्मत हुने

२४ पुस २०८० मोरङ । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत हुने सम्भावना देखिएको छ ।

कुनै पनि दलले उम्मेदवार नउठाउने निर्णय गरेकाले विष्ट निर्विरोध निर्वाचित हुने करिब निश्चित भएको हो । सत्ता गठबन्धनले यसअघि नै राप्रपालाई सभामुख दिन सहमति जनाइसकेको छ ।

नेकपा एमालेले पनि सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । बिहान बसेको एमाले बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिने तयारी गरेका राप्रपाका विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।

एमाले सांसद लिलाबल्लभ अधिकारीले एमालेले विष्टलाई नै समर्थन गर्ने निर्णय गरेको छ । एमालेले पनि समर्थन गर्ने भएपछि विष्ट सर्वसम्मत सभामुख बन्ने निश्चित भएको हो ।

आजै बिहान बसेको राप्रपाको संसदीय दलको बैठकले सभामुखमा विष्टलाई उम्मेदवारी दिने निर्णय गरेको हो । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि साउन १६ गतेदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *