Main News

त्रिवि उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान

हिमालय टिभी
२०८० पुष २३ गते ९:०१
त्रिवि उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान

२३ पुस २०८० काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ ।

नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुनः नयाँ सूचना जारी गरेको हो । समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो ।

प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना जारी गरिएको थियो । गत शुक्रबार प्रकाशित सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको वर्ष, महिना र दिनसमेत व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिनु भएको थियो । नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *