कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार
२३ पुस २०८० काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । गएराति अबेर बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र बिहानपख बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो ।
कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना, बागतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।
गण्डकीमा किरण बाबु श्रेष्ठ ,पदम बहादुर परियार, लुम्बिनीमा विष्णु देवी सापकोटा, कर्णालीमा कृष्ण रोकाया, सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।
शेखर कोइराला र गगन थापा पक्षले गण्डकीमा दुई र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै पाएको छ । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री थापाले लिखित असहमति जनाउनु भएको छ ।
मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाउनु भएको छ ।
प्रतिक्रिया