Main News
माओवादी केन्द्रले टुंगो लगायो राष्ट्रिय सभाका लागि उम्मेदवार
२०८० पुष २२ गते १५:२२
२२ पुस २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा उम्मेदवारी दिने ६ जनाको नाम टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारीको बैठकले ६ जनाको नाम टुंगो लगाएको हो । कोशी प्रदेशबाट चम्पा कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारीलाई उम्मेदवर बनाउने भएको छ ।
यस्तै गण्डकी प्रदेशबाट मनरुपा शर्मा तथा लुम्बिनी प्रदेशमा झक्कु सुवेदीलाई उठाउने भएको छ ।
त्यस्तै कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशबाट रेनु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । राष्ट्रियसभामा माओवादीले सत्ता गठबन्धनमा ६ सीट पाउने सहमति भएको थियो ।
प्रतिक्रिया