नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक सहमति

२२ पुस २०८० काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक सहमति जुटेको छ ।
नेपालबाट भारतको प्रसारण लाइन प्रणाली प्रयोग गर्दै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी अन्तिम चरणमा पुगेको हो ।
नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता गर्नेगरी नेपाल–भारत उर्जा सचिवस्तरीय समिति जेएससीले सैद्धान्तिक सहमति जुटाएको छ ।
जेएससीको ११औँ बैठकले भारतको प्रसारण लाइन प्रणाली प्रयोग गर्न सहमति जनाएको छ । बैठकमा नेपाल भारतबीचको मौजुदा विद्युत प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर देशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत आयोजना तथा सम्वद्ध प्रसारण लाइन आयोजना, अन्तर देशीय विद्युत आयात–निर्यात लगायतका विषयमा छलफल भएको थियो ।
नेपाल र भारतका ऊर्जा सचिव स्तरीय बैठकले ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्न सहमति भएको छ। ४ सय केवी प्रसारण क्षमता रहेको यो प्रसारण लाइनको क्षमता ८ सय केवी बढाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया