Main News

विवादका कारण त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द

हिमालय टिभी
२०८० पुष २२ गते १३:३५
विवादका कारण त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्द

२२ पुस २०८० काठमाडौं । चौतर्फी आलोचना भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्द भएको छ ।

छनोट तथा सिफारिस समितिले पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो ।

शुक्रबार प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिनु भएको थियो ।

समितिको तर्फबाट ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको वर्ष, महिना र दिनसमेत व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु भनि सूचना प्रकाशित भएको थियो ।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट हुने थियो। अब अर्को सूचना जारी भएपछि मात्रै त्रिविमा उपकुलपति नियुक्त प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *